बार्सिलोनाले २५ औँ पटक ला लिगा जित्यो

जारी सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । सोमबार बिहान भएको खेलमा प्रतिद्वन्दी डिपोर्टिभो लाकोरुनालाई ४–२ ले हराउँदै बार्सिलोनाले उपाधि उचालेको हो । यो जीतसँगै बार्सिलोनाले २५ वटा ला लिगा उपाधि अाफ्नो पोल्टामा पारेको छ ।

बार्सिलोनाको जितमा लियोनेल मेस्सीले ३ तथा फिलिप कोटिन्होले १ गोल गरे । खेलको सातौं मिनेटमा फिलिप कौटिन्होको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । त्यसपछि, ३७ औं मिनेटमा मेस्सीले गोल थप्दै बार्सिलोनाको अग्रता २–० मा पुर्याए।

उता, ४० औं मिनेटमा लुकास पेरेजले गोल गरेपछि डिपोर्टिभोले पहिलो हाफ अघि बार्साको अग्रता २–१ मा छोट्यायो । फेरि, ६४औं मिनेटमा इम्रे कोलाकले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

८२औं मिनेटमा मेस्सीले दोस्रो गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए । त्यसको तीन मिनेटपछि नै मेस्सीले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले ४–२ को जित हात पार्‍यो । 
 
यससँगै बार्सिलोनाले २५ औँ पटक ला लिगा च्याम्पियन भएको हो । अहिलेसम्म सबैभन्दा धेरै पटक रियल मड्रिड ३३ पटक ला लिगा च्याम्पियन्स भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?