अार्इपीएल : कोलकाता ६ विकेटले विजयी

जारी सिजनको आईपीएल क्रिकेटअन्तर्गत अार्इतबारको खेलमा कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले हराएको छ ।

बैंग्लोरले दिएको १ सय ७६ रनको लक्ष्य कोलकाताले ५ बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टाएको हो । 

कोलाकाताको जीतमा क्रिस लायनले ६२ र रोविन उथप्पाले ३६ रन बनाए । यस्तै, सुनिल नाराइनले २७ र दिनेश कार्तिकले २३ रनको योगदान गरे । उथप्पाले २१ बलमा सहयोगमा ३६ रन बनाए । यसैगरि, नाराइनले १९ बलमा ३ चौका र १ छक्का सहित २७ तथा कप्तान कार्तिकले १० बलमा २ चौका र १ छक्कासहित २३ रन बटुले ।

पहिले ब्याटिङ गरेको बैंग्लोरले कप्तान विराट कोहलीको नटआउट ६८ रनको मद्दतमा ४ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । कोहलीले ४४ बलमा ५ चौका र ३ छक्कासहित ६८ रन जोडे ।  ब्रेण्डोन म्याककुलमले ३८ र एण्टोन डे ककले २९ रनको योगदान गरेपनि बैंग्लोरले जित्न सकेन ।

पछिल्लो जीतसँगै कोलकाता अार्इपीएल अंकतालिकाको चौथो स्थानमा छ । भारतीय क्रिकेट कप्तान बिराट कोहलीको बैंग्लोर चाहिँ पुछारबाट दोस्रो स्थानमा खस्किएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?