कर्णाली प्रदेश सरकारको बैठक सम्पन्न, यस्ता छन् निर्णय

काठमाडौं । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले सम्पन्न भएको छ । बैठकमा  मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५को मस्यौदा स्वीकृत गरेको छ ।

स्वीकृत मस्यौदा प्रदेशसभामा पेश गर्न आन्तरीक मामिला तथा कानुन मन्त्रालयलाई सहमति प्रदान गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकले कर्णाली प्रदेश स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्वन्धि विधेयक २०७५को मस्यौदा पनि स्वीकृत गरि प्रदेश सभामा पेश गर्न आन्तरीक मामिला तथा कानुन मन्त्रालयलाई सहमति प्रदान गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?