एजेन्सी : बेलायतका राजकुमार ह्यारी मेघानसंग बिहा गर्न अघि आफूलाई असल आनीबानी भएका असल दुलहा बन्ने प्रयास गरिरहेका छन् । उनले बिहा हुन अघिका अल्लारेपनलाई छाडदै असल दुलहा बन्न असल मेघानले सुझाएका व्यवहार अपनाउन थालेका हुन् । यति मात्रै होइन उनले सैनिक व्यायामशाला (जिम)मात्रै होइन योग गुन्द्री अपनाएका छन् ।
आफूलाई नयाँ सुडोल शरीर बनाउन अंगीकार गर्न सुरू गरेका यस्ता गतिविधिबाट राजकुमार ह्यारीले औपचारिकरूपमा विवाह बन्धनमा बाँधिन अघि नै मेघानको इशारामा चल्ने संकेत दिएको देखिएको छ ।
मेघानलाई भेटन अघि ह्यारीका खानपान तरूण जस्तो थियो । केनसिंग्टन दरबारको सडकमा रहेको बाइरन बर्गरको शाखामा मात्रै होइन बंगा बंगा पिज्जा पसलमा पनि ह्यारी खाने गरेको देखिन्थे । उनी नटिंग हिलको रम किचन रेस्टरन्टमा पनि रमाउने गरेका थिए । सैनिक सहकर्मीहरूका अनुसार उनले केन्टुकी फ्राइड चिकनमा बसेर फास्टफुडको मजा लिने गर्थे भने म्याकडोनाल्डका बाकस बोकेर मात्रै लाने गर्दैन्थे बियर पिउन पनि रमाउथे ।
उनका नजिकका व्यक्तिहरू अनुसार उनी स्वास्थ्यप्रति खानाका बारेमा त्यति सजग भएका व्यक्ति भने थिएनन् । तर उनको विवाह अघिका भोजनमा परिवर्तन भएको छ । यो भोजनसम्बन्धी सफान भोजनको शासन मेघान मार्कलेलगाएकी छिन् ।
मेघान आफै एकपटक भनिन–“ स्वस्थ्य जीवनशैली जिउनेहरूलाई आफ्ना वरिपरि राखौं ।” मेघान साताको एक पटक शाकाहारी भोजन मात्र खान पर्यत्न गर्छिन ।” उनले ह्यारीबाट यस्तै अपेक्षा गरेकी छिन् ।
मेघानका लागि ह्यारीले मादक पदार्थको सेवनमा कटौती गर्दै धुमपानलाई परित्याग गरिरहेका छन् ।
कतिपयका अनुसार मेघानले उनलाई यसो गरिरहन दबाब भने नदिएकी छैनन् । तर ह्यारीले उनीसँगको वैवाहिक जीवनलाई सुखमय बनाउन त्यसतर्फ आफूलाई डो¥याइरहेका छन् । विवाह अघि मानिसले सामान्यरूपमा यसो गरेको पाइदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया