एजेन्सी : अस्ट्रेलियाका सबैभन्दा बुढा वैज्ञानिकले व्यवसायिक श्रेणीको सिटमा बसेर मर्न स्विटजरल्यान्ड जाने योजना बनाएका छन् ।
पश्चिमी अस्ट्रेलियाका विश्वविद्यालयका एक पूर्व प्राध्यापक डा. डेभिड गुडाललाई कुनै अन्तिम रोग( टर्मिनल इलनेस) लागेको छैन तर उनले आफ्नो जीवन १०४ वर्षको लामो भएको र आफ्नो राम्रो जीवन निरन्तर बिग्रिदै गएकोमा पछुतो मानिरहेका छन् ।
एबीसी समाचार संस्थालाई उनले भने –यत्रो लामो उमेर पाएकोमा मलाई पछुतो छ । म खुशी छैन । म मर्न चाहन्छु । विशेषरूपले म उदास छैन । कोही आफूलाई मार्न चाहन्छ भने त्यो सही हुन्छ । मलाई लाग्छ यसमा कसैले हस्तक्षेप गर्न हुँदैन् ।”
डा. गुडाल सन् १९१४मा लण्डनमा जन्मेका थिए । उनी एक प्रभावशाली वनस्पति र पर्यावरणविद् हुन् । उनी सन् १९४८मा अस्ट्रेलिय आए र युनिभर्सिटी अफ मेलबर्नमा प्राध्यापन सुरू गरे ।
अप्रिलको सुरूमा १०४र्औ जन्म दिन मनाएका डा. गुडालले स्विटजरल्यान्डमा इच्छामृत्यु गर्ने निर्णय गरे । पश्चिम अस्ट्रेलियामा इच्छामृत्युको प्रावधान अझ लागू भएको छैन् । त्यसैले त्यहाँ उनलाई इच्छामृत्यु गर्न सहज छैन् ।
आफू त्यहाँ इच्छा मृत्यु प्राप्त गर्न नसकेको गुडालले सेभेन न्युजलाई भने “व्यक्तिलाई इच्छामृत्युको अधिकार हुनुपर्ने मेरो अनुभव छ ।” उनले स्विटजरल्यान्ड मे महिनाको सुरूमा जाने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया