काठमाण्डौं । केकी अधिकारी, बेनिशा हमाल र रीमा विश्वकर्माले 'स्वर'बाट नेपाली सिनेमामा एकसाथ डेव्यु गरेका हुन । यहि सिनेमाबाट तिन नायिका मिल्ने साथी बनेका हुन । जस मध्ये नायिका केकीको अधिकारी आफ्नो अभिनयका कारण चर्चित बनिन् । सबै भन्दा बढि सफल पनि केकि नै बनिन् उनले अभिनय गरेका सिनेमाले व्यावसायीक सफल नभए पनि अभिनयका कारण चलिन । तर दुई नायिका बेनिशा र रीमा सुन्दर हुँदा हुँदै पनि चल्न सकेनन् र उनीहरु सिनेमा भन्दा पनि म्युजीक भिडीयोमै बढि व्यस्त बने ।
म्युजीक भिडीयो खेल्दै गर्दा नायिका बेनिशा हमालको नाम निर्देशक बिशाल भण्डारीसँग जोडियो । बिशाल पनि मिडियामा आइरहँदा बेनिशालाई आफ्नो परिवारको सदस्य मान्दै आइरहेका थिए । तर अहिले यिनीहरुको सम्बन्ध बिग्रीएको चर्चा सिनेमा नगरीमा चलिरहेकोछ । अहिले बिशालले निर्देशन र केकी अधिकारीले निर्माण गरेको सिनेमा 'कोहलपुर एक्सप्रेस' हलमा चलिरहेकोछ । 'कोहलपुर एक्सप्रेस' निर्माण घोषणा देखि नै केकिले निर्माण गरेको सिनेमामा रीमा र बेनिशा नअटाए पछि मिडियामा विभिन्न खालको चर्चा भइरहेको थियो ।
पछि केकीले रीमालाई सिनेमामा समावेश गराउन 'सिओ डव्लु काउ' गीतमा नृत्य गराईन तर बेनिशा भने कतै अटाइनन् यो बिषयमा निकै चर्चा भयो । अहिले बेनिशा स्थापीत कलाकार भैसकेकी छिन उनले अभिनय गरेका दुई सिनेमा 'झ्यानाकुटी' र 'ब्लाइन्ड रक्स' रिलीज भए । जसबाट बेनिशाको अभिनयले दर्शक र सिनेमाकर्मीको मन जित्यो । यस वर्षको पहिलो अवार्ड 'एनएफडीसी चलचित्र पुरस्कार'मा बेनिशाले सर्वोत्कृष्ट नायिकाको अवार्ड जितीन, उनलाई सबैले बधाई दिए तर कुनै वेला बेनिशालाई आफ्नो परिवारको सदस्य मान्ने बिशालले उनलाई कहिँ कतै शुभकामना दिएको देखिएन ।
यस्तै गएको आइतबार केकीले निर्माण गरेको सिनेमा 'कोहलपुर एक्सप्रेस'को प्रेस शोको आयोजना गरिएको थियो । जहाँ केकी अधिकारी प्रियंका कार्की, बेनिशा हमाल, करिष्मा मानन्धर, स्वेता खड्का निर्देशक बिशाल भण्डारी लगायतका सिनेमाकर्मी तथा पत्रकारको उपस्थीती रहेको थियो । 'कोहलपुर एक्सप्रेस' हेरेर निस्कदै गर्दा सबैले केकी, प्रियंका र बिशाललाई सफलताको शुभकामना दिए । बेनिशाले पनि केकी र प्रियंकालाई शुभकामना दिइन सिनेमा मन परेको भन्दै हग गरिन तर उनीहरुको छेउमै रहेका निर्देशक बिशाललाई बेनशाले देखिनन् । बिशालले पनि बेनिशालाई वास्तै गरेनन् । यो दृष्यले पनि उनीहरुको सम्बन्ध बिग्रेको अनुमान लगाउन धेरै सोच्नै परेन । तर उनीहरुको सम्बन्धमा कहिले के कारणले दरार आयो । कसैलाई थाहा छैन् । उनीहरुको सम्बन्धमा किन दरार आयो यो बिशाल र बेनिशा बाहेक कस्लाई पो थाहा होला र ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया