काठमाडौं : अावश्यक लगानी जुटार्इ उद्योग क्षेत्रको विकास गर्न खोलिएको नेपाल औद्योगिक विकास निगम (एनअार्इडीसी) बुधबारदेखि राष्ट्रिय बाणिज्य बैंकसँग गाभिने भएको छ । स्थापनाको मुख्य उद्देश्य लगानी गर्नु भएपनि यो वित्तीय संस्था अाफैं ऋृणमा डुबेपछि बाणिज्य बैंकसँग मर्ज हुन लागेको हो ।
औद्योगिक विकासका गर्न छरिएर रहेको पूँजी एकिकृत गरि परिचालन गर्ने र उद्योगलार्इ चाहिने पूँजी उपलब्ध गराउने लक्ष्यका साथ एनअार्इडीसीको स्थापना भएको थियो । २०१६ असार १ गते स्थापना भएको एनअार्इडीसीले २०४२ सालमा सार्वजनिक शेयर निश्कासन गरेको थियो । तर, चरम राजनीतिक हस्तक्षेप र संस्थाको व्यवस्थापन कमजोर बन्दा संस्था विलय नै हुने अवस्थामा पुगेको हो ।
लगानी जुटाउन भन्दै निगमले २०४२ मा एक करोड रूपैयाँ बराबरको प्राथमिक शेयर निस्काशन गरेपनि संस्थागत छवीका कारण ३० लाख ७७ हजार रूपैयाँको शेयर मात्रै बिकेको थियो । यो संस्थामार्फत डीएफअार्इडी र विश्वबैंक लगायतका संस्थाले समेत कर्जा प्रवाह गरेका थिए । संस्थाले एनअाइडीसी क्यापिटल मार्केट समेत खोलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया