नाइजेरियाको उत्तरी पूर्वी शहर मुबीमा आत्मघाती हमला भएको छ । सो हमलामा परि कम्तिमा २७ जनाको मृत्यु भएको छ भने एक दर्जन भन्दाबढी मानिस घाइते भएका छन् ।
मुबीमा दिउँसोको प्रार्थनाको तयरी भइरहेको बेला सो आक्रमण भएको थियो । मस्जिदभित्र र बाहिर विस्फोट भएको थियो ।
यो आक्रमणमा इस्लामिक चरपन्थी समूह बोको हरामको हात हुनसक्ने प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार सन् २००९ देखि नाइजेरियाको उत्तरी क्षेत्रलाई इस्लामिक स्टेट बनाउनुपर्ने माग राख्दै बोको हरामले संघर्ष गर्दै आएको छ ।
बोको हरामको आक्रमणबाट नाइजेरियामा हालसम्म २० हजार मानिसको मृत्यु भइसकेको छ भने २० लाख मानिस विस्थापित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया