काठमाडौं । आज (सोमबार) सेयर बजार ओरालो लागेको छ । बैंक तथा वित्तीय संस्थाहरुले आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशन गरेका छन् । अघिकांश बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर वृद्धि गरेसँगै यसको प्रभाव सेयर बजारमा देखिएको हो
आज सेयर कारोबार मापक नेप्से परिसूचक ६९.५१ अंकले घटेर २५८७.४५ बिन्दुमा पुगेको छ । आज नेप्से २.६२ प्रतिशतले घटेको हो । त्यस्तै, सेन्सेटिभ परिसूचक १२.४३ अंकले घटेर ४८४.९३ बिन्दुमा पुगेको छ ।
सोमबार कुल २१८ कम्पनीको ८७ लाख ७६ हजार ३३७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अरब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रुपैयाँको कारोबार भएको छ ।
कुल १३ उपसमूहमध्ये व्यापार समूह बाहेक सबै समूहको सेयर मूल्य घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया