बेमौसमी वर्षाले जनजीवन प्रभावित

लोकपथ
49
Shares

काठमाडौं । आइतबार राती देखिको बर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ ।

मनसुन बाहिरिदै गर्दा बंगालको खाँडीमा उत्पन्न भएको न्युन चापिय अवस्था र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भएपछि त्यसको प्रभाव नेपालको पश्चिमि क्षेत्रमा बढी परेको हो । नेपालको पश्चिम क्षेत्रमा यस वर्षको वर्षायाममा भन्दा बढी वर्षा हुनुको साथै हावा हुरी पनि आएको छ । वर्षाले थन्काउने बेलाको धान नै पानीले डुबाएको छ । एकदुई दिनमै धान भित्र्याउने बेलामा वर्षाले धानबाली नष्ट गरेपछि किसानहरु वर्ष दिनसम्म के खाने भन्ने चिन्तामा डुबेका छन् । उत्तरतर्फ सरिरहेको मौसमी प्रभावले देशका सूदुरपश्चिम, कर्णाली र गण्डकीमा केही अधिक र अन्य प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा आइतबार रातिदेखि नै मौसम बदली हुनुका साथै केही स्थानमा वर्षा भइरहेको छ । यो क्रम मंगलबारसम्म पनि जारी रहने महाशाखाले जनाएको छ । मनसुन सकिने बेला बाढी पहिरो आउने गरि वर्षा हुनुलाई विज्ञहरुले जलवायु परिवर्तनको अशर भनेका छन् । मनसुन सकिएपछि हुने अप्रत्यासित वर्षाले धेरै मानवीय र भौतिक क्षति गराउने सम्भावना रहने विज्ञहरुले बताएका छन् ।

यसै सन्दर्भमा कुराकानी गर्दै जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले मनसुन पछि हुने वर्षाले धेरै क्षती गर्ने बताए । उनले भने, ‘यो खतरनाक किन हुन्छ भने मान्छेले मनसुन गईसक्यो भनेर बुझ्छ । अनि मुभमेण्ट बढाउँछ । त्यो मुभमेण्ट बढ्दा यस्तो नयाँ सिस्टम विकसित हुन्छ । त्यो नयाँ सिस्टम को प्रभाव मान्छेको आँकलन भन्दा बाहिर गएर आउने भएकाले हानी नोक्सानी बढी गर्ने र बढी गरिरहेको अवस्था पनि छ ।’

यस वर्षको मनसुन जुन ११ मा सुरु भएर अक्टोबर ११ मा बाहिरीएको थियो । सेप्टेक्बर २३ मा मन सुन बाहिरीनुपर्ने भएपनि केही बर्षदेखि सिप्ट भईरहेकाले नेपालले अक्टोबर २ लाई मनसुन बाहिरीने मिति तोकेको छ । तर एक साता बढी ढिला गरि नेपालबाट मनसुन बाहिरीएको थियो । मनसुन बाहिरीने प्रक्रिया संगै बंगालको खाडीमा न्युन चापिय अवस्था श्रृजना हुनु र अफगानिस्तानमा विकसित पश्चिमी वायुको प्रभावका कारण मनसुन सकिएपछि पनि वर्षा भएको विज्ञ उप्रेतीले बताउनु भयो । मनसुन सकिएपछिको बर्षाका कारण सुदुरपश्चिमका विभिन्न क्षेत्रमा बाढी र पहिरोको घटनाको समाचार आउन थालेको छ । उनले भने, “नेपालमा मनसुन जुनमा भित्रिने र अक्टुबरमा बाहिरीने गरेको अवस्था देखिएको छ । यस बर्ष ८ दिन ढिला गरि मनसुन बाहिरियो । मनसुन बाहिरीने प्रक्रिया नेपाल भारत हुदैभारतको साउथमा गएर टुंगिएर समुन्द्रमा जान्छ । तर मनसुन बाहिरिदै गर्दा बंगालको खाँडीमा एक खालको न्युन चापिय अवस्था उत्पन्न भयो र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भयो र दुवै वायु एकआपसमा ठोक्कियो र त्यसबाट नेपालको पश्चिमि क्षेत्र बढी प्रभावित भयो । अहिले पुर्वदेखि पश्चिम सम्म नै यो बायुले निम्त्याएको प्रभाव देखिएको छ । मेलम्चिमा पनि फेरी बाढी आएर अस्थायी पुलहरु बगाएको छ ।”

छिमेकी राष्ट्र भारतले उत्तरप्रदेश र उत्तराखण्ड राज्यमा रेड अर्लट जारी गरिसकेको छ । त्यहाँ २ सय मिलिमिटर भन्दा बढी बर्षा हुने आँकल गरिएको छ । यस्तै नेपालको पश्चिम क्षेत्र डडेलधुरामा गत २४ घण्टामा १ सय ७९ लिटर मिलिमिटर वर्षा भईसकेको छ । यो भारतको आँकडा सँग मिल्दोजुल्दो छ । यो अवस्था जलवायु परिवर्तनको अशर सँग जोडिने विज्ञ उप्रेतीले बताए । नेपाल सरकार सँग मौसम जन्य विपद्को पूर्वसूचना चुस्त दुरुस्त नभएका कारण यस्ता वेमौसमी बर्षा लगायतका विपद्को क्षति न्युनीकरण गर्न नसकिएको उनले बताए । उनले सुचना प्रणालीलाई सरकारले नै उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘मौसम जन्य विपद्को पुवै सुचना प्रणालीलाई देशले नै कति महत्व दियो र योजनामा राख्दा कति बजेट छुट्यायो राष्ट्रले भन्ने कुरा जहिले पनि बहस र गुनासोकै विषय बनेको छ । जल तथा मौसम विज्ञान विभागको संरचनागत अवस्था पनि सबै प्रदेशमा पुगेको अवस्था छैन । साथै विभागले अहिले तापक्रम र पानीको ३ दिन पुर्वको सुचना दिने गरेको छ । त्यो सुचना पनि समुदायसम्म पुराउने पद्धतिलाई विस्तार गर्न सकिएको छैन । त्यसैले यो सुचनालाई समुदायसम्म लैजाने व्यवस्था गरिनुपर्छ जुन अहिले भएको छैन । हिमाली क्षेत्रमा कति हिउँ पर्दैछ भन्ने हामी भन्न सक्तैनौ । कहाँ कति पर्यो भन्ने पनि हामीसंग रेकर्ड छैन । कुन ठाउँमा कति हिउँ पग्लियो भन्ने पनि हामी भन्न सक्तैनौ । सबै नदी प्रणालीको पानीको वहाव नाप्ने संयन्त्रको विकास र विस्तार हुन सकेको छैन । केही नदी प्रणालीमा त पानीको तह नाप्ने स्टेशनहरु छन् तर कतिपय ठाउँमा खहरे खोलाहरु छन् । खहरे खोलाहरुमा आकस्मिक बाढी आउँछ । आकस्मिक बाढीको पुर्वसुचना त हामीसंग छदै छैन । त्यसको विस्तार र हिमाली नदी प्रणालीको पानीको वहाव नाप्ने संयन्त्रको विकास र विस्तार तथा त्यसको सुचना प्रणालीको विस्तार सबै क्षेत्रमा गर्नुपर्ने देखिन्छ ।’

जलवायु जन्य विपद्का घटना र पुर्वतयारी तथा क्षति न्युनीकरणका लागि अपनाउनुपर्ने सर्तकता लगायत विषयमा अन्तरदेशीय सुचना सञ्चार बढी प्रभावकारी हुने गरेको उहाँले उल्लेख गरे । तर अन्तरदेशीय सुचना सञ्चार प्रभावकारी हुन नसक्दा पनि विपद् पुर्वको सुचना प्राप्ती चुनौतिपुर्ण बनेको उहाँले बताउनुभयो । डाक्टर उप्रेति अन्तरदेशीय सुचना सञ्चारमाथिको पहुँच विस्तारमा राजनीतिक तहमा नै प्रयास गरिनुपर्ने तर्क गर्छन् ।

उनले भने, ‘भोटेकोशीको माथि जलाधार क्षेत्रमा बाढी आयो भने चाईनाले एउटा चिठी दिन्छ । यहाँ धेरै पानी परेको छ । तपाईहरु सर्तक रहनुहोस् । भारतमा एकदमै कम्प्रिहेन्सीप सिस्टम छ । अहिलेको बर्षाबारे भारतले विभिन्न क्षेत्रमा रेड अर्लड नै जारी गर्यो । तर त्यो सुचना नेपालले पाएको अवस्था छैन । त्यो सुचना नेपालले पनि पाएको भए नेपालले आफ्नो समुदायमा सञ्चार तथा परिचालन गर्न सक्थ्यो । त्यो चुनौति हामीकहाँ छ । त्यसैले नेपालले भारत र चीनसंग अहिले राख्नुपर्ने विषय भनेको नै अन्तरदेशीय सूचना कसरी पाउने भन्ने नै हो । यो राजनीतिक तहबाटै गरिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?