त्रिपोली : लिबियाको निर्वाचन आयोगको कार्यालयमा भएको आक्रमणमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
राजधानी त्रिपोलीमा रहेको कार्यालयमा बुधबार हिंसात्मक आक्रमण भएको अधिकारीहरुले जानकारी दिएका छन् । लिबियाको स्वास्थ्य मन्त्रालयले १४ जनाको मृत्यु भएको र अरु दश जना घाइते भएको पुष्टि गरेको छ ।
आक्रमणबाट आयोगको कार्यालय भवन पूर्णरुपमा ध्वस्त भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । इस्लामिक स्टेट ९आइएस० का लडाकूहरुले कार्यालयमा आक्रमण गरेको अधिकारीहरुले दाबी गरेका छन् । आत्मघाती बम हमलाकारीहरुले बुधबार बिहान आक्रमण गरेका हुन् ।
संयुक्त राष्ट्रसंघीय मिसनको सहयोगमा लिबियामा यस वर्षको अन्त्यतिर राष्ट्रपति र संसदको निर्वाचनको तयारी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया