धरानमा पहिरोले घर पुर्‍यो : दुई बालबालिकाको मृत्यु

लोकपथ
658
Shares

सुनसरी। केहि दिनदेखि परेको अविरल व र्षाका कारण धरानमा घर पुरिँदा दुई जना बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ वर्षीया निसु राई र छोरा ४ वर्षीय निहान राई रहेका छन् ।

आज दिउँसो पौने २ बजे घरमाथीबाट पहिरो झरी उनको १ तले टिनको छाना भएको घर पुरिँदा सो घर भित्र रहेका दुई जना बच्चा समेत पुरिएका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी प्रहरी टोली खटि गएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउँसो साढे ३ बजे दुईजना बच्चालाई मृत अबस्थामा फेला पारेको हो ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?