काठमाडौं । नेपाली सिनेमा 'प्रेमालय' निर्माण हुने भएको छ । यसको आज काठमाडौंमा एक कायक्रमको आयोजना गरि सिनेमा निर्माण घोषणा गरियो ।
कुमार शाहको निर्देशनमा निर्माण हुने सिनेमाका कार्यकारी निर्माता मनोज अधिकारी, किरण माइकल र ऋषिकेश गिरी हुन् भने यसका निर्माता सुवास श्रेष्ठ हुन् । सिनेमाको ३० प्रतिशत छायांकन नेपाल र बाँकी ७० प्रतिशत छायाङ्कन अस्ट्रेलियामा गरिनेछ ।
'प्रेमालय'मा निराजन प्रधान, मरिष्का पोखरेल, डाक्टर सुर्या थापा, सन्नी ढकाल, रविन्द्र झा, दालमन पुन लगायतका कलाकारको मुख्य भुमिका रहने छ । यो सिनेमाको छायांकन दशैँ अगाडी नै सक्ने लक्ष्य रहेको निर्माण टिमको लक्ष्य रहेको छ । एसके स्क्यायर र ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने सिनेमाको कथा किरण माइकलले तयार पारेका हुन् ।
प्रेमालयले अस्ट्रेलियामा बस्ने नेपाली र तिनका बावुआमाको कथा उठान गर्ने जानकारी पत्रकार सम्मेलनमा गराइयो ।
सिनेमामा सुक बहादुर कामी, थुम प्रसाद छन्त्याल र शेर बहादुर रोका क्षेत्री सह निर्माताको रुपमा रहेका छन् । ‘प्रेमालय’मा राजनराज सिवाकोटी/कल्याण सिंहको संगीत र रोहा शर्माको छायाँकन रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया