आइपीएलः कोलकताले चेन्नाइलाई ६ विकेटले हरायो

काठमाडौं । कोलकाताको घरेलु मैदान इडन गार्डेनमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल)मा कोलकाता नाइट राइडर्सले चेन्नाइ सुपरकिंग्सलाई ६ विकेटले हराएको छ । 

टस हारेर ब्याटिङ रोजेको चेन्नाइले ३० ओरभमा ५ विकेट गुमाएर १७७ रन बनाएको थियो । 

१७७ रनको लक्ष्य पाएको कोलकता नाइट राइडर्सले १७ ओभर ४ बलमा ४ विकेट गुमाउँदै १८० रन बनाएर जित हासिल गर्यो ।

शुभमान गिलले ३६ बलमा ६ चौका र २ छक्काको मद्दतमा नटआउट ५६ रन बनाएका थिए भने दिनेश कार्तिकले १८ बलमा ७ चौका र १ छक्काको सहायतामा नटआउट ४५ रन बनाए । यसैगरी नरेनले पनि २० बलमा ३२ रनमा ४ चौका र २ छक्का बनाएका थिए ।  

बलिङतर्फ चेन्नाइका लागि हरभजन सिंह, रविन्द्र जडेजा, केएम आसिफ र लुंगी निग्दीले १–१ विकेट लिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?