रुमानी बन्ने, नायकमा सन्नी ढकाल फाइनल

काठमाडौं । ‘रुमानी’ नाममा सिनेमा निर्माण हुने भएको छ । यो सिनेमालाई अष्ट्रेलियामा बसोवास गर्ने नेपाली मनोज अधिकारीले निर्देशन गर्दैछन् । उनले यसअघि ‘ऋतु’ निर्देशन गरेका थिए । यो सिनेको सम्पूर्ण सुटिङ्ग अष्ट्रेलियामा गरिएको थियो । अब बन्ने चलचित्र ‘रुमानी’को सम्पूर्ण छायाँकन पनि अष्ट्रेलियामा नै हुने जानकारी बिहीबार चलचित्र घोषणा कार्यक्रममा गरियो । 

चलचित्र ‘रुमानी’ नेपालबाट अष्ट्रेलिया गएर प्रेममा परेका आफ्नो जिवनमा फर्काउन एउटा श्रीमतीले गर्ने संघर्षको कथामा निर्माण हुने निर्देशक अधिकारीले बताए । चलचित्रमा सुवाश श्रेष्ठ र ऋषिकेश गिरीको लगानी रहनेछ । एसके स्क्यायर र ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने सिनेमाको लागी नायक सन्नी ढकाल मात्रै फाइनल गरिएका छन् । भने ‘रुमानी’को लागी निर्माण टिमले यतिवेला दुई नायिकाको खोजी गरि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?