काठमाडौं । सरकारले यातायात समितिका पदाधिकारीहरुको सम्पत्ति छानविन थालेको छ । साथै बैंक खाता रोक्का गर्ने निर्णय गरेको छ ।
शुक्रबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्मा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले यातायात समिति तथा महासंघका पदाधिकारीहरुको सम्पत्ति छानबिन अघि बढाउने निर्णय गरेको हो ।
यसका लागि यातायात व्यवस्था विभागले देशभरका जिल्ला प्रशासन कार्यालयले समिति पदाधिकारीहरुको विवरण लिएर सम्पत्ति शुद्धीकरण विभागलाई उपलब्ध गराउनेछ । र त्यसपछि विभागले सम्पत्ती छानविन अघि बढाउने छ ।
बैठकले सार्वजनिक सवारी सञ्चालन नगर्ने यातायात महासंघ र समितिहरुको बैंक खाता रोक्का गर्ने निर्णय गरेको छ । विभागले अर्थ मन्त्रालय मार्फत खाता रोक्का लागि राष्ट्र बैंकलाई लेख विभागले लेखि पठाउने गृह मन्त्रालय स्रोतले जनाएको छ ।
त्यस्तै सम्पूर्ण यातायात व्यवसायीलाई यातायात सञ्चालन गर्न आग्रह गरेको छ ।
सिन्डिकेट अन्त्यको निर्णयबाट पछि नहट्ने गृहमन्त्रीले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया