काठमाडौं । शुक्रबार देखि प्रर्दशनमा आएको अर्को सिनेमा हो 'भोर' । यो सिनेमा तराई मधेशमा व्याप्त कु-संस्कार दाइजो प्रथाको कथामा निर्माण गरिएको छ । 'भोर'को बिहिबार दोस्रो पटक विशेष शोको आयोजना गरिएको थियो । 'भोर'को विशेष शो हेर्न राजनितीकर्मी, पार्टीका नेता, मानव अधिकारकर्मी, सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थीती रहेको थियो ।
'भोर'को विषेश शोमा नेपाल सरकारका सामान्य प्रशासन तथा स्थानीय विकास मन्त्री लालबाबु पन्डित, प्रतिनिधीसभा सदस्य योगेश भट्टराई लगायतका मधेशी नेताहरुले सिनेमा हेरेका थिए । निर शाह, अशोक शर्मा लगायतका थुप्रै सिनेमाकर्मीले समेत सिनेमा हेरे ।
'भोर'को विषेश शोमा निर्माता राज तिमिल्सेना, यादव भट्टराई, अभिनेत्री डली सरकार, अभिनेता रामनारायण ठाकुर, अनिता रानी मण्डल, राजेश सक्सेना लगायतका कलाकारको उपस्थीती रहेको थियो ।
'भोर' हेरेर निश्कदै गर्दा मन्त्री पण्डितले भावुक हुदै भने सिनेमा एकदमै राम्रो बनेको छ यसको कथा वस्तुले मेरो मन छोयो यस्तो सिनेमा सम्पुर्ण नेपालीले हेर्नु पर्ने बताए । साथै यस्तो सिनेमालाई सरकारले विषेश प्रथामिकता दिने समेत बताए । सिनेमा मेकरले यस्ता मौलिक विषय माथी सिनेमा बनाउँनु पर्ने सुझाव दिए । नेपालमा यस्ता धेरै कथाहरु छन, जस माथी सिनेमा बनायो भने सिनेमाले विदेशी बजारमा राम्रो स्थानमा पु¥याउने भन्दै दाईजो प्रथा निर्मुल गर्न सरकार पनि लागी रहेकोले यसको चाँडै निर्मुल हुने बताए । योसँगै मन्त्री पण्डितले सिनेमाकी मुख्य पात्र डली सरकारको कामको पनि खुलेर तारिफ गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया