प्रदेश ४ को बजेटमा कांग्रेस र नयाँ शक्तिको अवरोध

कास्की (पोखरा) : अाफ्ना कार्यकर्ता पोस्ने खालको बजेट ल्याएको बताउँदै नेपाली कांग्रेस र डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्तिले ४ नम्बर प्रदेशको संसद बैठकमा अवरोध गरेका छन् । 

शनिबारको बैठकका लागि प्रदेशसभामा विनियोजन विधेयक, विधायन समितिकको प्रतिवेदन र प्रदेश राजधानी तथा नामांकन समितिको म्याद थपको प्रस्ताव राख्ने कार्यसूची थियो । बजेटमा असन्तुष्टि जनाउँदै प्रतिपक्षीले बैठक अबरोध गरेपछि कार्यसूचीअनुसार छलफल अघि बढ्न सकेको छैन । 

४ नम्बर प्रदेशका सार्वजनिक लेखा समितिका संयोजक एवं कांग्रेस नेता कुमार खड्काले प्रदेश सरकारले भ्रष्ट्राचार र कार्यकर्ता पोस्ने गरि बजेट ल्याएकाले संसद चल्न नदिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?