नयाँदिल्ली : भारतको बिहारमा बिहीबार भएको बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ । घटनामा अन्य चार जना घाइते भएका छन् ।
मुजफ्फरपुरबाट नयाँदिल्लीतर्फ आउदै गरेको बस मोतीहारी जिल्लाको बेल्वा गाँउ नजिकै दुर्घटनामा परेको हो । बिहार राज्यका प्रकोप व्यवस्थापन मन्त्री दिनेश चन्द्र यादवले बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको पुष्टि गरे ।
भारतमा सवारी दुर्घटना अत्यधिक धेरै हुनेगरेको छ । सवारी दुर्घटनाकै कारण भारतमा हरेक बर्ष हजारौँ नागरिकको ज्यान जाने गरेको छ भने ठूलो सङ्ख्यामा घाइते हुनेगरेका छन् ।
राम्रो अवस्थामा नरहेका सडक र सवारी साधन तथा चालकको लापर्बाहीका कारण दुर्घटना धेरै हुनेगरेको जानकारहरू बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया