‘मिस एप्रोच’का कारण ल्यान्ड हुन नसकेको टर्कीस एयरलाइन्सको विमानले गर्‍यो सुरक्षित अवतरण

काठमाडौं । काठमाडौंको आकाशमा टर्कीस एयरलाइन्सको विमान लगातार फन्को लगाइरहेको विमानले सुरक्षित अवतरण गरेको छ ।

ल्यान्डिङमा केही समस्या भएका कारण टर्कीस एयरलाइन्सको A330-343 कलसाइनको विमानले  आकाशमा फन्को लगाइरहेको थियो ।

विमानले पहिलोपटक ल्यान्ड गर्ने खोजेको थियो तर मिस एप्रोचका कारण विमानले ल्यान्ड गर्न सकेको थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मिस एप्रोच भएका कारण विमानले ल्यान्ड गर्न नसकेको थियो ।

काठमाडौंको आकाशमा लगातार केही फन्को लगाएको टर्कीस एयरलाइन्सको विमानले अहिले अवतरण गरेको छ ।

यो पनि पढ्नुहोस्  : टर्कीस एयरलाइन्सको विमानलाई त्रिभुवन विमानस्थलमा ल्यान्ड गर्ने समस्या, लगातार आकाशमा फन्को

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?