काठमाडौँ- कम्बोडियाको क्राती प्रान्तमा प्रदूषित पानीका कारण पाँच जनाको मृत्यु भएको छ ।
प्रदूषित पानीकै कारण अरु १८ जना बिरामी भएर उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय प्रहरी अधिकारीले शनिबार जनाएका छन् ।
“शुक्रबारसम्म दुई जना पुरुष र तीन जना महिलाको मृत्यु भएको छ, अरु १८ जना पनि विरामी भएकाले उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ,” क्राती प्रान्तका प्रहरी उपप्रमुख ओम फिले भने ।
उनले ग्रामिण क्षेत्रमा पिउने पानी नहरबाट ल्याउने गरेको र त्यो पानी प्रदूषित रहेको बताए ।
प्रदूषित पानी पिउनेलाई छाती दुख्ने, बान्ता आउने, पेट र आँखा दुख्नेलगायतका लक्षण देखिने गरेको फिले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया