चितवन : चितवनको भरतपुर महानगरपालिका, वडा नम्बर १४ स्थित विरेन्द्र टोलमा शनिबार राती मोटरसार्इकल दुर्घटना हुँदा त्यसमा सवार २ जनाको मृत्यु भएको छ ।
ना १४ प ८८२ नम्बरको मोटरसार्इकल अनियन्त्रित भर्इ दुर्घटना हुँदा चालक भरत रामदाम र उनका ११ बर्षीय छोरा समीर रामदामको मृत्यु भएको प्रहरीले जानकारी दिएइको छ । मृतक दुबै भरतपुर-२४ शुक्रनगरका बासिन्दा रहेको खुलेको छ ।
प्रहरीका अनुसार चालकले अत्याधिक मदिरा सेवन गरि तीब्र गतिमा सवारी हाँकेका कारण दुर्घटना भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया