एजेन्सी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पृथ्वीको वायुमण्डलबाट बाहिर अलौकिक युद्ध लडन अमेरिकाले अन्तरिक्षमा नयाँ सैनिक अखाडा खडा गर्ने बताएका छन् ।
विगतका दशकहरूमा अमेरिकी सांसद र सैनिक विज्ञहरूले पृथ्वीको वायुमण्डल बाहिर अन्तरिक्षमा युद्ध हुन सक्ने दृष्टिकोण प्रस्तुत गर्दै आएका हुन् ।
अहिले पृथ्वीमा युद्ध र आतंकवाद लगायतका महत्वपूर्ण विषयहरूमा ध्यान केन्द्रित गर्नु परेकाले हालसम्म यो विषय ओझेलमा परेको थियो । अब विश्वका शक्तिशाली देशहरूका लागि पृथ्वीमाथि सशस्त्र भिडन्तको सामना गर्नुपर्ने आवश्यकता प्रथामिकतामा पर्दै गएको छ ।
रुस र चीनले अन्तरिक्षमा भूउपग्रह (स्याटेलाइट)सम्मलाई मारहान्न सक्ने क्षेप्यास्त्रलगायतका मारहन्ने औजार एवं उपकरणको विकास गर्नुपर्ने दाबी गर्दै आएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पको यो अभिव्यक्तिले अमेरिकाले अन्तरिक्ष युद्धमा आफ्नो वर्चस्व कायम गर्ने उद्देश्यले आक्रमण एवं सुरक्षाका सक्षमतालाई प्राथमिकतामा राखिरहेको दर्शाउँछ ।
यसअघि खुलासा भएका आधारमा अमेरिकी अन्तरिक्ष अस्त्रहरूमा एक्स–३७बी अरबिटल टेस्ट भेहिकल र हाइपरसोनिक मिसाइल्सहरूको विकास भइरहेको छ।अन्तरिक्षको कक्षा (अरबिट)मा मारहन्न यी अस्त्रहरूको विकास गरिदैछ ।
ट्रम्पले यो अभिव्यक्ति कमाण्डर इन चीफ्स ट्रफि अमेरिकी सेनाको ब्ल्याक नाइटस फुटबल टीमलाई प्रदान गर्ने समारोहमा सार्वजनिक गरे ।
गौरव गर्न लायक अमेरिकाका ५सैन्यबलहरूबारे जानकारी दिँदै ट्रम्पले ६टौं अन्तरिक्ष सैनिक (स्पेस फोर्स) हुने बताए । उनले भने स्पेस फोर्सबारे हामी सोचिरहेका छौं ।
ट्रम्पले अन्तरिक्षलाई युद्धको क्षेत्रमा विकास भइरहेको क्षेत्रको रूपमा प्रस्तुत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया