काठमाडाैं : भारतमा जारी इन्डियन प्रिमियर लिग (अार्इपीएल) अन्तर्गत शनिबार भएको खेलसँगे सनरार्इजर्स हैदराबाद अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ । पछिल्लो खेलमा हैदराबादले दिल्ली डेयरडेभिल्सलार्इ ७ विकेटले पराजित गरेको छ ।
हैदरावादको घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० अोभरको खेलमा ५ विकेट गुमाएर १६३ रन जोडेको थियो । दिल्लीले दिएको १६४ रनको लक्ष्यलार्इ हैदरावादले १ बल बाँकि रहँदा मात्र ३ विकेटको क्षतिमा पुरा गर्यो ।
हैदरावादलार्इ जिताउन व्याटिङतर्फ अलेक्स हेल्सले ४५, शिखर धवनले ३३, केन विलियम्सनले ३२ र युसुफ पठानले २७ रन जोडे । दिल्लीबाट पृथ्वी शाले ६५ र श्रेयर एेयरले ४४ रन जोडे ।
चेन्नार्इले बैंग्लोरलार्इ हरायो
शनिवार नै भएको अर्को खेलमा चेन्नार्इ रोयल च्यालेन्जर्स बैंग्लोरलार्इ चेन्नार्इ सुपरकिंग्सले ६ विकेटले पराजित गरेको छ । पहिलो इनिङमा व्याटिङ शुरू गरेको बैंग्लोरलार्इ चेन्नर्इले ९ विकेटको क्षतिमा १२७ रनमा सिमित गरिदिएको थियो । चेन्नार्इले ४ विकेटको क्षतिमा १८ अोभरमै १२८ रनको लक्ष्य भेट्यो ।
चेन्नार्इलार्इ जिताउन अम्बाती रायडुले ३२ र महेन्द्र सिंह धोनीले ३१ रनको नटवाउट रन साझेदारी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया