एजेन्सी :उत्तर कोरियाले दक्षिणकोरियासँगको समय मिलाएको छ । गत साता उत्तर कोरिया र दक्षिण कोरियाका राष्ट्रप्रमुखबीच भएको शिखरवार्ता पछि उत्तर कोरियाले दक्षिण कोरियासँगको समय मिलान गरेको देखिएको हो । ग्रिनविचको समय १५ः०० तदनुरूप स्थानीय समय २३ः००लाई शुक्रबार देशको घडीलाई ३० मिनेट बढी पारियो ।
केसीएनए समाचार एजेन्सीका अधिकारीहरू अनुसार दुई कोरियाको एककरणलाई तीव्र पार्न यो समयको मिलन पहिलो व्यवहार कदम हो । ठीक यही बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको भेटवार्ताको मिति तय गरेको बताएका छन् ।
ट्रम्पले भने “मैले उनसँगको भेटघाटको मित तय गरेको छु ।”हवाइट हाउसको एक कार्यक्रममा ट्रम्पले उत्तरकोरियाली नेतासँगको भेटको स्थल छिट्टै तय गर्ने बताए ।उत्तर कोरिया नेता उनसँगको भेटवार्ताका बारेमा आवश्यक योजनाबारे दक्षिण कोरियाली नेता मून जोसँग मे २२मा ट्रम्पले भेट गर्ने भएका छन् ।
उत्तर कोरिया र दक्षिण कोरियाली राष्ट्रप्रमुखहरूको भेट पछि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेताबीचको हुने भेंटलाई विश्वको राजनीतिक मञ्चमा व्यापक महत्व दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया