नेपाली सिनेमाः विश्व बजारसँग तुलना गर्नु कति उचित?

काठमाडौं । नेपाली सिनेमा उद्योगको बजार साह्रै सानो छ । यति सानो छ कि, सिनेमाको मुख्यबजार भनेको नै काठमाडौंमा सीमित भएको छ । काठमाडौं बाहिरका ठूला शहरमा पनि सिनेमा उद्योग फैलिन सकेको छैन । यो पक्का हो ।

तर, नेपाली सिनेमालाई दर्शकले विदेशका ठूला बजेटका सिनेमासँगतुलना गरेर हेर्ने गरेका छन् । कतिपय निर्माता/निर्देशकको के आरोप छ भने, सिनेमा बजार एकदमै सानो र बामे सर्दै गरेको अवस्थामा छ, त्यसैले अहिले नै विदेशी फिल्मसँग तुलना गर्न मिल्दैन ।

एकथरी दर्शकले भने बरु नेपाली फिल्म नै हेर्दैनन् तर औसत लाग्ने फिल्म हेर्न हलसम्म पुग्दैनन् । प्रविधिको पहुँचले आमदर्शकलाई एकदमै नजिक पु–याइदिएको छ । विश्वका जुनसुकै देशका फिल्मलाई पनि दर्शकले आफ्नै आँखा अगाडि हेर्न सक्छन् रिलिजको केही दिनमै । ती दर्शकलाई ‘राम्रा’फिल्म बनाउन सकिएन भने हलसम्म तान्न सकिन्न भन्ने धेरैले बुझेका छन् ।
दर्शक, निर्माता र समीक्षकले खोजेजस्ता फिल्म मेकरले बनाउन सकेका छैनन् ।

समीक्षक तथा फिल्मकर्मी मनोज पण्डित फिल्मको तुलना अर्को कुनै पनि फिल्मसँग नभएको तर सिनेमाको जस्तो व्याकरण हुन्छ, त्यो व्याकरणका आधारमा रिभ्यु (समीक्षा) गरिएकाले निर्माता/निर्देशकलाई तुलना गरेजस्तो लागेको बताउँछन् । नेपालकाकतिपयफिल्म मेकरले फिल्म राम्रो छैन भनेको सुन्नै नसक्ने तर फिल्मको समीक्षा जरुरी रहेको उनी बताउँछन् ।

सिनेमा भनेको के हो भन्ने कुरालाई आधार मान्यो भने फिल्मले कथा राम्रोसँग भन्ने हो, त्यसैको समीक्षा हुन्छ, जुनविश्वभर नै हुने कुरा हो’, पण्डित अगाडि थप्छन्, ‘फिल्म अमेरिकामाबनाओस् या अन्तबनाओस् तर आफ्नो कथा राम्रोसँग भन्न सक्नुप–यो भन्ने मात्रै हो, नेपालमाप्रविधिको विषयमा रिभ्यु नै गरिँदैन, कथाको प्रस्तुतिको समीक्षा गरिन्छ ।’

त्यसो त नेपालमा केहीनिर्माता छन्, जसले फिल्मको समीक्षालाई पचाउन सक्दैनन् । फिल्म जस्तो बनोस्, तर रिभ्यु राम्रो होस् भन्ने चाहना राख्छन् मेकरले । तिनै निर्माताले समीक्षकलाई विदेशी फिल्मसँग तुलना गरेर रिभ्यु लेखेको भन्ने आरोप लगाउँछन् । मनोज पण्डित भने यस्तो प्रवृत्तिलाई ‘कुण्ठा’ को संज्ञा दिन्छन् ।

‘फिल्म कत्तिको विश्वसनीयतरिकाले बनाइएको छ भनेर बोल्दा अरु फिल्म सँग तुलना गरिएको भन्न मिल्दैन, फिल्म नराम्रो भएपनि नेपाली फिल्म भएकै कारणले राम्रो भनिदेओस् भन्ने कुण्ठाबाट फिल्म मेकर बाहिर निस्किनुपर्छ ।’, उनी भन्छन् ।

कमेडियन तथानिर्मातादीपकराजगिरीको तर्क भने बेग्लै छ । उनीविदेशीफिल्मसँग नेपालीफिल्मको तुलनागर्न नमिल्ने बताउँछन् । सिर्जनात्मकहिसाबले नेपालीसिनेमालाई पनिबाहिर तुलनागर्न मिलेपनिप्राविधिक र बजेटका हिसाबले नेपालीफिल्मलाई विदेशी फिल्मसँग तुलना गर्न नमिल्ने उनी बताउँछन् ।

‘हामी टेक्नोलोजी र लगानीकाहिसाबले धेरै पछाडि छौं, हामीले चाहेर पनि धेरै ठूला फिल्म बनाउन सक्दैनौं, मैले वीरभद्रका कथाहरु चाहेर पनि बनाउन सक्दिन, किनभने यहाँ बजार र लगानीदुवै छैन’, दीपकराज थप्छन्, ‘हामीले बाहुबली जस्तो फिल्मको चर्चा र कुरा गर्छौ, बाहुबलीजस्तो फिल्महाम्रो कल्पनाभन्दा बाहिरको फिल्महो, न हामीसँग त्यति बजेट हुन्छ, न प्राविधिकरुपमा त्यति बलियो बन्न सकेका छौं, कथाका हिसाबले त दुई लाइनको कथा न हो ।’

तुलनात्मक रुपमा नेपाली सिनेमा विश्वबजारसँग कुनै न कुनै तरिकाले गाँसिएको छ । नेपालकै सुविधा सम्पन्न हलमा दर्शकले ठूला बजेटका फिल्म हेर्ने अवसर पाएका छन् । तर, नेपाली फिल्म मेकर भने प्रविधि, बजार र बजेटलाई दोष दिँदै तर्किरहेका छन् । जसकाकारण नेपाली सिनेमा उद्योगको बजार खुम्चेको मात्र छैन, गुम्सिएको पनि छ ।

तर, नेपाली फिल्म मेकर भने प्रविधि, बजार र बजेटलाई दोष दिँदै तर्किरहेका छन् । जसकाकारण नेपाली सिनेमा उद्योगको बजार खुम्चेको मात्र छैन, गुम्सिएको पनि छ ।

चलचित्र ‘ए मेरो हजुर २’ निर्देशन गरेकी अभिनेत्री झरना थापा विदेशी फिल्मको तुलनामा नेपाली फिल्मको मार्केट एकदमै सानो भएपनि नेपाली फिल्म उद्योगले पनिकतै न कतै सहभागिता जनाएको बताउँछिन् । प्राविधिक रुपमा नेपाली फिल्मलाई विदेशी फिल्म सँग तुलना गर्न नमिले पनि अभिनय र विषयवस्तुका हिसाबले नेपाली फिल्मपनि कम नभएको उनी बताउँछिन् ।

‘अहिले त नेपाली फिल्म पनि विदेशमा प्रदर्शन हुन थालेका छन्, अझै पनि केही देशमा प्रोजेक्टकरका माध्यमबाट फिल्म देखाउनुपर्ने अवस्था छ, तर नेपाली फिल्मको बजार भने फैलँदो छ’, थापा भन्छिन्, ‘शायद हामी आफै कमजोर छौं, जतिदुःख र लगानी विदेशी फिल्म मेकरले गर्छन्, त्यतिलगानीगर्न हामी डराएका हुन्छौं, विषयवस्तु र सिर्जनाका हिसाबले हामीले विदेशी फिल्मसँग तुलना गर्न मिल्ने फिल्म बनाएका छौं ।’

फिल्मको बजार उकासिँदै गएको धेरैले बुझेका छन् तर घरेलु दर्शकलाई हलसम्म तान्न फिल्म मेकर चुकेका छन् । केहीको प्रयास जारी छ ।

दर्शक हलसम्म तान्ने फिल्म निर्माणमा पनि केही मेकर लागिपरेका छन् । अभिनेत्री झरना थापा भन्छिन्, ‘प्रविधिका हिसाबले त हामीलाई विदेशी फिल्मसँग तुलना अहिलेलाई गाह्रै छ, तर दर्शकलाई नेपाली फिल्म हेर्ने बानीपर्‍योभने बजार व्यापक बन्दै जान्छ, त्यसपछि तुलनागर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?