यस्तो रहनेछ आजको मौसम

लोकपथ
175
Shares

काठमाडौं । आज देशको पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र तराईका भु–भागमा सामान्यतया सफा देखि आंशिक बदली सम्म रहने माौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाको भनाई छ ।

हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएको महाशाखाले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?