काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारको लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।
जसअनुसार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२० रुपैयाँ २४ पैसा रहेको छ ।
त्यसैगरी यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ र बिक्रीदर १३९ रुपैयाँ ६९ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३२ रुपैयाँ ०६ पैसा कायम भइ कारोबार भइरहेको छ ।
त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८५ पैसा र बिक्रीदर २९ रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया