काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरको चाँगुनारायणनगरपालिका–९ ताथलीका स्थानीयलाई मखमली फूलको माला बनाउन भ्याइ नभ्याइ भएको छ ।
तिहारलाई लक्षित गर्दै फूल उत्पादन थालेका उनीहरु यति बेला माला बिक्री वितरणको तयारीमा छन् ।
ताथलीका बनमाला समूदाय यतिबेला घरघरमा माला बनाइरहेको भेटिन्छन् । बनमाला समूदायले छोएको फूल चोखो हुन्छ भन्ने आम मान्यता छ । यहाँका स्थानीय मध्ये कतिपयले आफ्नै जग्गामा फूलको खेती गरेका छन् भने कतिपयले जग्गा भाडामा लिएर फूलको व्यवसायिक खेती गरेका छन् ।
माला उन्दै गरेका भगवान बनमालाले पछिल्लो समय आयातित फूलका कारण आफूहरुको पेशा संकटमा परेको बताए । ‘अहिले बाहिरबाट ल्याएका फूलले गर्दा यहाँ स्थानीयको पेशा नै संकटमा परेको छ, सरकारले केही वास्ता गरेन ।’उनले भने ।
तस्विरहरूः राजेश बिके
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया