काठमाडौं । नायिका रेखा थापाले निर्माण गर्ने नयाँ चलचित्र ‘मालिका’को सोमबार देखि काठमाडौंमा छायांकन सुरु गरिएको छ । मालिकाको करिब दश दिन काठमाडौंमा सुटिङ्ग गरिने छ । यो सिनेमालाई नायिका रेखा थापाले दोस्रो पटक निर्देशन गर्न लागेकी हुन् । उनले यसअघि निर्देशक श्याम भट्टराईलाई हटाएर आफैले हिम्मतवाली निर्देशन गरेकी थिइन् ।
मलिकाभन्दा पहिले चलचित्रको नाम ‘लाल मस्तिष्क’ राखिएको थियो । निर्देशक सम्झना उप्रेती रौनियारले गर्ने फाइनल गरिएको थियो । चलचित्रको नाम परिवर्तनसँगै निर्देशक परिवर्तन गरिएको छ । मालिकाको आज विहान पशुपतीमा पुजाआजा गर्दै बालुवाटारबाट सिनेमाको सुटिङ्ग सुरु गरिएको थियो ।
काठमाडौं पश्चात सिनेमाको कोहलपुर, जाजरकोट लगायतका ठाँउमा छायांकन गरिने निर्माता निर्देशक रेखा थापाले बताइन् । आज पहिलो दिनको आउटडोर सुटिङ्गको पहिलो सट नायिका रेखा थापा र नर बहादुर कार्कीले क्यामेरा फेस गरेका थिए । मालिकामा रेखा र नर बहादुरका अलवा जाजरकोटकी १४ बर्षिय बालिका कमला ओलीको मुख्य भुमिका रहने छ । रेखा आफेले तयार पारेका कथामा व्याक्तीको सोच परिर्वतनको विषयमा बन्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया