तपाइलाई थाहा नहुन सक्छ सोनाक्षी सिन्हाका यी गोप्य कुरा

बलिउडकी  सर्वाधिक आकर्षक र चर्चित हिरोइन मध्येमा पर्छिन्, सोनाक्षी सिन्हा ।उनी सोनाक्षीका केही रोचक तथ्य यहाँ प्रस्तुत गरेका छौं  :

१.सोनाक्षी सिन्हाका पिता शत्रुधन सिन्हा उनकी छोरी फिल्ममा अभिनय गरोस भन्ने चाहेका थिएनन् । तर, जब सलमान खानले आग्रह गरे त उनले माने ।

२. सोनाक्षी सिन्हाले आफ्नो पितासँग प्रतिज्ञा गरेकी छन कि उनी परिवारको मान सम्मान पूरापूर ध्यान गर्नेछिन् ।

३. फिल्म ‘दबंग’मा एक गाउँले युवतीको भूमिकामा फिट हुन सोनाक्षीले ३० किलो वजन कम गर्नु परेको थियो । त्यही वर्ष उनलाई म्याक्सिम म्याग्जिनको इडियन अंकमा कभर गर्ल बनाइएको थियो । पहिलो उनको वजन ९० किलो थियो । यति धेरै वजन कम गर्न उनलाई करिब दुई वर्ष लाग्यो ।

४ . सोनाक्षी आफ्नी समकक्षी अभिनेत्रीहरुजस्तै साइज जिरोको वकालत गर्दिनन् । उनको भनाइ छ कि फिल्म इण्डस्ट्री अभिनय गर्नका लागि हो न कि वजन कम गर्न ।

५ . सोनाक्षी फेशन डिजाइनिङमा ग्राजुयट हुन । उनले आफ्नो करिअर कस्टयुम डिजाइनरका रुपमा सुरु गरेकी थिइन । उनले सन् २००५ मा फिल्म ‘दिल लेके देखो’का लागि कस्ट्युम डिजाइन गरेकी थिइन । यसका साथै उनले मोडलिङ समेत गरिसकेकी छिन् । सन् २००८ र २००९ मा उनले लक्मे फेसन वीकमा भाग लिइसकेकी थिइन ।

६ . सलमानसँग फिल्म ‘‘दबंग’बाट करिअर सुरु गरेकी सोनाक्षीका अनुसार सलमान उनीसँग एकदमै रिसाउछन्, जो उनलाई मन पर्दैन ।
 ७ .सोनाक्षीलाई मायापूर्वक ‘सोना’ र ‘सटगन जुनियर’ भनेर बोलाइन्छ । उनका वुवा शत्रुधन सिन्हा उनलाई ‘सटगन’ भनेर बोलाउँछन् ।

८ . सोनाक्षी तीन भाइबहिनीहरुमा सबैभन्दा कान्छी हुन । उनका दुई भाई लव सिन्हा र कुश सिन्हा जुम्ल्याहा हुन् । पटनामा जन्मिएकी सोनाक्षी मुम्बईमा हुर्किएकी हुन् ।

९. सोनाक्षीलाई फोटोग्राफीको एकदमै सौख छ साथै उनी घुमफिर पनि एकदमै मन पराउँछिन् ।

१० . सोनाक्षी खानका लागि एकदमै सौखिन छिन् । उनलाई भारतीय र थाई खाना निकै मन पर्छ । कहिलेकाही उनी जंक फुड पनि खान डराउदिनन् ।

११ . सोनाक्षी पेन्टिङ गर्न पनि सौखिन छन्, उनी आफ्नो खाली समयमा पेन्टिङ गर्छिन ।

१२ . सोनाक्षी आइटम नम्बरकी विरोधी हुन । तर, कुनै फिल्ममा सोलो डान्स गर्नका लागि उनलाई कुनै डर छैन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?