खुट्टा हल्लाउने बानी छ भने हुन्छ यस्तो समस्या

एजेन्सी- यदी तपाईंमा बसेको या सुतेको बेला तपाईं पनि खुट्टा हल्लाउने बानी छ भने सर्तक हुनुस्  । वैज्ञानिकहरुले पत्ता लगाएको नयाँ अनुसन्धानबाट प्राप्त नतिजा अनुसार खुट्टा हल्लाउने बानीले दिमागलाई असर पुर्‍याई रहेको हुन्छ ।

विज्ञानको भाषामा त्यसलाई ‘रेस्टलेस लेग्स सिन्ड्रोम’ भनिन्छ । यस्ता बिरामी भएका मान्छेलाई खुट्टा हल्लाउने तीव्र इच्छा हुन्छ ।
 विशेषगरी रात्रीकालीन आरामका बेलामा  यस्तो इच्छा हुन्छ  । यसले दिमागको काम गर्ने क्षमतालाई घटाउँछ । अस्ट्रेलियाको न्यूरोसाइन्स रिसर्च सेन्टरले सार्वजनिक गरेको नतिजाअनुसार खुट्टा हल्लाउने बानीले सामान्य मानिसको तुलनामा ८० प्रतिशत थोरै दिमागले काम गर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?