काठमाडाैं : जारी अार्इपीएलको शीर्षस्थानमा रहेको सनरार्इजर्स हैदरावादले रोयल च्यालेञ्जर्स बैंग्लोरलार्इ ५ रनले पराजित गरेको छ ।
सोमबार बेलुकी भएको खेलमा टस हारेर व्याटिङ शुरू गरेको हैदरावादले २० अोभरमा सवै विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । १४७ रनको लक्ष्य पछ्याएको बैंग्लोरले ६ विकेटको क्षतिमा १ सय ४१ रनमात्र जोड्यो ।
हैदराबादको जितका लागि विलियम्सनले ५ चौका र २ छक्कासहित ५६ रन बनाए । सकिबले ३२ बलमा ५ चौकासहित ३५ रन जोडे । ओपनर शिखर धवनले १३ र युसुफ पठानले १२ रन बटुले । सकिब अल हसनले २, सन्दीप शर्मा, भुवनेश्वरकुमार, सिद्धार्थ काउल र रसिद खानले समान १ विकेट लिए ।
हारपछि बैंगलोरको शीर्ष ४ मा पर्ने सम्भावना कमजोर भएको छ । १० खेलमा ८ खेल जितेको हैदराबादको १६ अंक पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया