काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफूसहित ४ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका छन् ।
४ दलीय गठबन्धनको समर्थनसहित बिहीबार ९आज० मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेसहित मन्त्रीहरुले समेत पद तथा गोपनियताको शपथ ग्रहण गरका छन् ।
पाण्डेले आन्तरिक मामिलामन्त्रीमा कृष्णप्रसाद खनाल, भौतिक पूर्वाधारमन्त्रीमा कृष्णलाल भँडेल र सामाजिक विकासमन्त्रीमा कुमारी मोक्तानलाई नियुक्त गरेका छन् ।
अल्पमतमा परेपछि अष्टलक्ष्मी शाक्यले बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएकी थिइन् । प्रदेश प्रमुखले बहुमतसहित नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आग्रह गरेका थिए । सोही अनुसार ५९ सांसदहरुको समर्थनसहित पाण्डेले दाबी पेश गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया