एजेन्सी : चीनको ४२ ट्रिलियन अमेरिकी डलर बराबरको वित्तीय क्षेत्र विश्वका लागि खुला हुने भएको छ । यसअघि चीनले यस्तो गरेको थिएन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउन महशुलको खतरालाई सामना गर्न चिनियाँ अधिकारीहरूले बैंक, लगानी प्रतिष्ठान, सम्पत्ति प्रवन्धक र जीवन बिमकहरूलाई स्वामित्व सहज पार्न र व्यवसायका बाधा हटाउन जुन ३० सम्मको समय तय गरेका छन् ।
गोल्डम्यान स्याच्स ग्रुप र युबीएस ग्रुप एजी जस्ता लगानी प्रतिष्ठानहरूलाई आफ्नो हिस्सा( शेयर) पाँच गुना बढाउन अवसर प्राप्त भएको छ ।संयु्क्त लगानीका कम्पनीहरूको प्रतयक्ष नियन्त्रण उनीहरूले लिने ब्लुमबर्गले दर्शाएको छ ।
एआईए ग्रुप जस्ता बिमकहरूले नगदको अवस्था जतिखेर पनि बलियो पार्नुपर्ने हुन्छ ।एचएसबीसी होल्डिंग पीएलसी र सिटी ग्रुप जस्ताले पनि आफ्नो वित्तीय अवस्था राम्रो पार्ने हुन्छ ।
सन् २००१मा विश्व व्यापार संगठन(डब्लु टी ओ)ले उत्पादनमूलक उद्योगलाई आमूल परिवर्तन गर्दै वित्तीय क्षेत्रलाई पुँजी र सम्पत्तिको व्यवस्थापन गर्न चीन भर प्रवेश गरेको थियो। अब त्यो व्यापकरूपमा विकास गर्ने देखिएको जनाइएको छ ।
विदेशी बैंकबाट हुने आमदानी सन् २०३०मा १० गुना बढेर जानेछ । अझ उनीहरू ठूलो खेलाडी रहिरहन्छन् । ऋण दिने बैंकहरूलाई आवश्यक परेका बेला बेइजिंगले जमानत दिनेछ । अझ बढी खुला र प्रतिस्पर्धी वित्त क्षेत्रले बृद्धिलाई बढी बिस्फोटक बनाउने ब्लुमबर्गका एसियाली अर्थविद् टम आर्लिकले जनाए ।
एचएसबीसी ,बैैक अफ इस्ट एसिया लिमिटेड, स्टयान्डर्ड चार्टर्ड पीएलसी र सिटि ग्रुपहरू अहिले चीनमा ठूला विदेशी बैंकको रूपमा रहेका छन् ।चीनको मुख्यभूमिमा एचएसबीसीको ७ हजार भन्दा बढी कर्मचारीहरू कार्य गर्छन् ।
सा् २०२०सम्म गुआंगदोंग प्रान्तमा मात्रै ५ हजार कामदार पु¥याउने लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारीले गत डिसेम्बरमा जनाएका थिए ।विदेशी लगानी कम्पनीहरूको मुनाफा सन् २०३०सम्म चार गुना बढने अनुमान गरिएको छ ।
युबीएसले आफ्नो चिनियाँ लगानी कम्पनीमा बढी हिस्साका लागि आवेदन दिइसकेको छ ।जीवन बीमाको क्षेत्र चीनको विशाल वित्तीय क्षेत्र छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया