प्रदेश १ का मूख्यमन्त्रीको तलब ६० हजार ९ सय ७० रूपैयाँ

विराटनगर : प्रदेश नं. १ मा मुख्यमन्त्रीले प्रतिमहिना ६० हजार ९ सय ७० रूपैयाँ तलब बुझ्ने भएका छन् । प्रदेशसभा बैठकले सोभमबार पारिश्रमिक र तलबभत्तासँग सम्बन्धित ५ विधेयक पारित गर्दै जनप्रतिनीधिको तलब र भत्ता तोकेको हो। 

तोकिएअनुसार मुख्यमन्त्री र मन्त्रीहरूले पारिश्रमिकसहित प्रतिमहिना १० शीर्षकमा रकम बुझ्न पाउनेछन्। सभामुख र उपसभामुखसहित प्रदेशसभाका पदाधिकारीले ११ शीर्षकमा रकम बुझ्नेगरि विधेयक ल्यार्इएको छ । प्रदेशसभाले पदाधिकारी एवं सदस्यहरूलार्इ तोकेको अन्य सेवा-सुविधाको अाकार विश्लेषण गर्दा केन्द्रिय अनुदानमध्ये अधिकांश रकम तलबभत्ता र सेवासुविधामै खर्च हुने देखिन्छ ।

यस्तो छ पारिश्रमिक (सेवासुविधाबाहेक)  :

पद तलब (रूपैयाँमा)
मुख्यमन्त्री ६०,९७०
मन्त्री ५२,०००
राज्यमन्त्री ४९,०००
सहायक मन्त्री ४७,०००
सभामुख ५३,०००
उपसभामुख ५०,०००
प्रतिपक्षी नेता ५०,०००
सत्तापक्षका प्रमुख सचेतक ४९,०००
प्रतिपक्षका प्रमुख सचेतक/सभापति ४९,०००
प्रदेशसभा सदस्य ४५,०००
मेयर (महानगरपालिका) ४२,०००
उपमेयर ३५,०००
वडाअध्यक्ष २९,१००
कार्यपालिका सदस्य १३,५००
वडा सदस्य ९,०००
मेयर (उपमहानगरपालिका) ३६,५००
उपमेयर ३१,६००
कार्यपालिका सदस्य १३,५००
वडा सदस्य ९,०००
मेयर (नगरपालिका) ३८,५००
उपमेयर ३२,६००
वडाअध्यक्ष २०,०००
कार्यपालिका सदस्य १२,५००
वडा सदस्य ७,५००
गाउँपालिका अध्यक्ष ३६,५००
उपाध्यक्ष ३१,६००
कार्यपालिका सदस्य १३,५००
वडासदस्य ९,०००
जिल्ला समन्वय समिति प्रमुख ३९,०००
उपप्रमुख ३२,०००
सदस्य १८,५००
सभा सदस्य ४,५००
संसदको स्वकीय सचिव २४,०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?