काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु सम्मेलनमा सहभागी हुन शुक्रबार बेलायत गरेका छन् । प्रधानमन्त्री देउवा आज बिहान कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गरेका हुन् ।
पाँचौ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो। भ्रमण दलमा वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव तथा विभिन्न मन्त्रालयका आधा दर्जन सचिवहरुसमेत रहेका छन् । टोलीमा वन तथा वातावरण मन्त्री यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन मन्त्रालयका सचिव पेमनारायण कँडेल, अर्थ मन्त्रालयका सचिव, मधुकुमार मरासिनी, ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी सहभागी छन् ।
देउवा कार्तिक १५ गते स्कटल्याण्डको ग्लास्गो शहरमा हुने विश्व जलवायु कोप–२६ सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनेछन् । उनले उक्त सम्मेलनलाई सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको छ ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई तोकिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया