काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा केही बेरअघिबाट बैठक सुरु भएको हो ।
बिहीबारको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तयार गरेको थियो। एमालेले देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट १०औं महाधिवेशनका लागि १५ सय ३६ प्रतिनिधि चयन गर्ने भएको छ।
एमालेमा केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय सल्लाहकार कमिटीका निश्चित सदस्य गरी २६२ जना पदेन प्रतिनिधिको व्यवस्था छ। पदेनबाहेक भूगोलबाट एक हजार १९६ प्रतिनिधि चयन गरिने छन्। विधानमा प्रतिनिधि सङ्ख्याको पाँच प्रतिशत मनोनयन गर्न पाउने व्यवस्था छ।
प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार आजको बैठकले वडा अधिवेशन र पालिका अधिवेशनको समीक्षा पनि गर्ने छ भने १०औं राष्ट्रिय महाधिवेशनको बारेमा समेत थप छलफल गर्ने हुनेछ।
एमालेको महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया