प्रेममा सम्झौता गर्नु राम्रो कुरा हो । तर यसको पनि एउटा हद हुन्छ । धेरै पटक यस्तै भएको हुन्छ कि, युवतीले कुनै समय प्रेम गर्नका लागि इमोसनल भएर फैसला लिन सक्छन् । तर केही कुरालाई भने यस्तो अवस्थामा ख्याल गर्नुपर्ने हुन्छ ।
हरेक कसैको जिन्दगीमा कोही खास साथी हुन्छन् । जोसँग उनीहरुले हरेक कुरा शेयर गर्ने गर्छन् । त्यस्ता साथीहरु तपाईंका साथीका पनि साथी हुन सक्छन् । तर त्यस्ता क्लोज साथीलाई तपाईंले छुटाउन भन्नुभयो भने सम्बन्ध बिग्रन सक्छ ।
भलै तपाई आफ्नो पार्टनरको प्रेममा पागल हुन सक्नुहुन्छ तर यसको अर्थ यो होइन कि, तपाईं आफ्नो कुरा राख्दै नराख्नुस् । जुसुकै सम्बन्धमा पनि दुवैको राय बराबरी मानिन्छ । कहिल्यै पनि अरुको खुशीका लागि आफ्नो आवाज व्यक्त नगर्ने नै नगर्नुस् ।
त्यस्तै अर्को कुरा के ख्याल गर्नुस् भने आफ्नो लूक पनि बदलिरहनुस् । सधै एकनासको लूकलाई पार्टनरले नरुचाउन पनि सक्छन् । त्यसकारण बेलाबेलामा आफ्नो लूक परिवर्तन गर्दा पनि राम्रो हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया