सिके राउतका कार्यकर्ताले रोकेनन् कारबाही, प्रधानाध्यापकलाई दल्यो कालोमोसो

काठमाडौँ- सिके राउतका कार्यकर्ताले एकपछि अर्को कारबाहीलाई निरन्तरता दिएका छन् । राउत नेतृत्वको विद्यार्थी संगठनले शुक्रबार सबैला नगरपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकलाई जनकारबाही भन्दै कालोमोसो दलेका हुन्।

सबैलास्थित फकिर चन्द उच्च मावि बरकुर्वा, रघुनाथपुर धनुषाका प्रधानाध्यापक बैजु साहलाई विद्यार्थीहरुले दुर्व्यवहारसहित कालोमोसो दलेर जनकारबाही गरेका हुन्। उनीहरु पाँच सुत्रीय विभिन्न माग राख्दै चार दिनदेखि आन्दोलनरत्त छन्।

उनीहरूले विभिन्न शुल्कको नाममा लिइएको रकमको बिल विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामग्रीहरु विद्यालयमा राख्नु पर्ने, विद्यालय सुधारका लागि सरोकारवालाहरुको बृहत भेला गरी अन्य विषयहरुमा निर्णय लिनुपर्ने, नियमित पठन–पाठन हुनु पर्ने र शिक्षकको व्यवस्थापन हुनु पर्नेलगायतका माग राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?