काठमाडाैं : राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा किङ्स ११ पञ्जाबलाई १५ रनले हराएको छ । मंगलबार जयपुरमा भएको खेलमा जित हासिल गर्दै राजस्थान अंकतालिकाको पुछारबाट छैटाैं स्थानमा उक्लिएको छ ।
१ सय ५९ रनको लक्ष्य पछ्याएको पञ्जाबले ७ विकेटको क्षतिमा १ सय ४३ रनमात्र जोड्न सक्यो । टोलीका लागि लोकेश राहुलबाहेक कुनै पनि ब्याट्सम्यानले भरपर्दो रन जोड्न सकेनन्। अार्इपीएलमा पञ्जाबको यो चाैथो हार हो ।
७० बल खेलेका राहुलले ११ चौका र २ छक्काका सात ९५ रन बनाए । मार्केस स्टुनिसले ११ रन जोडे भने बाँकी कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोडेनन्। पञ्जाबका एन्ड्रीयू टाईले ४ ओभरमा ३४ रन खर्चेर ४ तथा मुबि उर रहमानले २ र मार्कुस स्टोनिसले १ विकेट लिएका थिए ।
राजस्थानका कृष्नप्पा गोथमले २, जोफ्रा आर्चेर, जयदेश उन्ड्कट, बेन स्कोक्स र इश सोढीले समान १ विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको राजस्थानले जोस बट्लरको अर्धशतक बनाए । राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन जोडेको थियो। बट्लरले ५८ बलमा ९ चौका र १ छक्कासहित ८२ रनको साझेदारी गरे। यस्तै, सञ्जु सामसनले २२, बेन स्टोक्सले १४ र स्टुआर्ट बिन्नीले ११ रन जोडे ।
पछिल्लो खेलसँगै जारी सिजनको अार्इपीएलमा राजस्थानले ८ अंक जोडेको छ भने पञ्जाबको १२ अंक छ । शीर्षस्थानको सनरार्इजर्स हैदराबादको १६ र दोस्रोस्थानको चेन्नर्इ सुपर किंग्सले १४ अंक जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया