संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौँ-  संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषदको कार्तिक ११ को सिफारिस अनुसार कार्तिक १२ गते शुक्रबार राति १२ बजेदेखि संसदका दुवै सदनको अन्य भएको घोषणा गरेकी हुन् ।

संघीय संसदका महासचिव डा भरतराज गौतमले एक विज्ञप्ति जारी गर्दै दुवै सदनको चालु अधिवेशन अन्त्यको जानकारी गराएका हुन् । संसद अधिवेशन गत भदौ २३ गतेदेखि शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?