एजेन्सी :कफी बेच्नेहरूलाई एक न्यायाधीशले कफीबाट क्यान्सरको जोखिम हुन सक्ने विषयमा जानकारी गराउन आदेश दिएका छन् ।
क्यालिफोर्नियाका न्यायाधीशले कफी क्यान्सरबारे सतर्क गराउँदै यस्तो फैसाला सुनाएका हुन् ।
सर्वोच्च अदालतका न्यायाधीश एलिहु बेर्लेले स्टारबक्स कर्पोरेसन समेत अन्य कफी बिक्रेताहरूलाई क्यालिफोर्नियामा कफी बेच्दा यसले क्यान्सरको जोखिम हुन सक्ने विषयमा उपभोक्तालाई जानकारी दिनुपर्ने फैसला सोमबार गरेका हुन् ।
कफीमा हुने एक्राइलामाइडको उपयोगबाट क्यान्सरको जोमिख हुन सक्ने जानकारी दिनुपर्ने न्यायाधीशको फैसलमा छ ।
एक गैर नाफामूलक संस्था काउन्सिल फर एडुकेशन एन्ड रिसर्च अन टक्सिसले स्टारबक्ससमेत ९० खुद्रा कफी बिक्रेताहरू विरूद्ध मुद्दा दायर गरेको थियो ।
मुद्दामा उनीहरूले क्यालिफोर्नियाको कानुनको उल्लंघन गरेको र कफीबाट हुन सक्ने क्यान्सरको जोखिमबारे जानकारी दिनुपर्ने काम नगरेको भनी मुद्दामा आरोप लगाइएको थियो । यो मुद्दाको फैसला लामो कानुनी लडाइँ पछि भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया