ट्रम्पसँग भेट्नुअघि किम जोङ्ग उन फेरि चीनमा

बेइजिङ्ग : कोरियाली प्रायद्वीपको युद्द अन्त्य गर्ने उद्देश्यसाथ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच छिट्टै भेटवार्ता हुँदैछ । तर, अमेरिकासँगको वार्ताबारे छलफल गर्न किम जोङ्ग उन फेरि चीन पुगेका छन् । 

एक महिनाअघि विश्वलार्इ कुनै जानकारी नदिर्इ चीन पुगेका उनले एक महिनाको अवधिमै दोस्रो पटक चीन भ्रमण गरेका हुन् । चीनका राष्ट्रपति सी चिन फिङ र उत्तर कोरियाली नेता किम जोङ उनबीच चीनको उत्तरपूर्वी राज्य लिआओनिङमा यही सोमबार र मङ्गलबार भेटवार्ता भएको छ । 

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुन लागेको शिखर सम्मेलनको पूर्वसन्ध्यामा भएको दुई कम्युनिष्ट नेताबीचको भेटलाई विशेष महत्वका साथ लिइएको छ । चीनले मध्यस्थता वासिङ्टनलाई वार्तामा ल्याउन मध्यस्थता गरिरहेको भन्ने खबरहरू सञ्चारमाध्यममा आइरहेका समय भएको भेटमा किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्ताका लागि सरसल्लाह गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?