बारको चेतावनी- ‘बुधबारभित्र राजीनामा नदिए कडा आन्दोलन’

काठमाडौं- नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बुधबारभित्र राजीनामा दिन चेतावनी दिएको छ ।  प्रधानन्यायाधीश जबराले समयावधिभित्र राजीनामा नदिए कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको हो  ।

उपाध्यक्ष रक्षा बस्यालका अनुसार बुधबारसम्म हातमा कालोपट्टी बाँधेर बारमै विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । एसोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आइबारबाट धर्ना दिने भएको छ । त्यसैगरी प्रधानन्यायाधीश जबरालाई आफ्नो लागि इजलास नतोक्न पनि आग्रह गरेको छ ।

त्यसैगरी आइतबार आन्दोलनको रणनीति बनाउन बारले देशैभरका ९० वटा इकाइसँग भर्चुअल अन्तरक्रिया गर्नेसमेत निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?