काठमाडौँ- नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा १ हजार ९९९ जना प्रतिनिधि हुने भएका छन्। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधि थप्ने निर्णय गरेको हो ।
बैठकमा उपाध्यक्ष भीम रावल, केन्द्रीय सदस्यहरु हिक्मत कार्की, झपट रावलसहितका नेताहरुले प्रतिनिधिहरुको संख्या बढाउनु पर्ने माग गरेका थिए । स्थायी कमिटीको बैठकले १ हजार ५३६ जना प्रतिनिधि हुने गरी प्रस्ताव गरेको थियो । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बढ्ने प्रतिनिधिहरु भुगोलबाट थपिनेछन्। केही न्यून प्रतिनिधिहरु जनवर्गीय संगठनबाट पनि थपिने ज्ञवालीले बताए।
एमाले केन्द्रीय कमिटी बैठकले कात्तिक २७ गते शनिबार देशभर एकैदिन प्रतिनिधिको छनोट गर्ने निर्णय गरेको उनले जानकारी दिए।एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा राष्ट्रिय महाधिवेशन गर्दैछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया