काठमाडौं । साताको पाँचै दिन बिहीवार नेप्से परिसूचक ७.७ अंकले घटेर १३४८.५ मा कायम भएको छ ।
नेप्सेमा गिरावट आएपछि बुधवारको भन्दा कारोबार रकम केही बढेको छ । बुधवार ३४ करोडमा सिमित भएको कारोबार यसदिन ३५ करोड ८८ लाख पुगेको हो । बिहीवार १६१ कम्पनीको ७ लाख ७३ हजार २ सय १० कित्ता कारोबार भएका थिए ।
बिहीबार बजार खुलेको करीब २० मिनेटसम्म स्थिर रहेको नेप्से त्यसपछि लगातार घटेको थियो । दुई बजे पछि गति लिन खोजेपनि अन्त्यमा सात अंकले घटेर बजार बन्द भयो ।
बिहीवार नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी २ करोड २२ लाख रूपैयाको सेयर किनबेच भयो भने दाश्रोमा बुटवल पावर कम्पनीको १ करोड ३५ लाख बराबरको किनबेच भयो ।
बिहीबार व्यापार, होटल र हाइड्रोपावरको उपसूचक क्रमश २.८७, १.६ र १.५१ प्रतिशतले घटे ।
बिहीबारको कुल पूँजीकरण १५ खर्ब ८२ अर्ब रूपैया रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया