कर्णाली प्रदेश : मुख्यमन्त्री शाहीले लिए सपथ

लोकपथ
238
Shares

काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री शाहीले मंगलवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष शपथ ग्रहण गरेका हुन् । उनी मंगलवार नै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजनीतिक सहमती अनुसार उनलाई मुख्यमन्त्री बनाउनका लागि पदबाट राजिनामा गरेका थिए ।

मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् भने गठन गरेका छैनन् । मन्त्रिपरिषद्को सम्बन्धमा राजनीतिक सहमती जुट्न बाँकी रहेका कारण मन्त्रिपरिषद् गठन हुन नसकेको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?