माता लक्ष्मीको कृपा पार्ने ज्योतिषी तरिकाहरू

लोकपथ
245
Shares

तिहारमा लक्ष्मी पूजाको विशेष महत्त्व मानिन्छ । माता लक्ष्मी र गणेशको विशेष ढङ्गले पूजा गरिने दिनमा तयारी पनि विशेष नै हुने गर्छ ।

आफ्नो घरमा लक्ष्मीको बास होस् वा वर्ष भरी कृपा भइरहोस् भनेर पनि लक्ष्मी पूजा सबै हिन्दु धर्मावलम्बीले विशेष ढङ्गले र धेरै विधि पुर्‍याएर गर्ने गर्छन् । यसरी लक्ष्मीको विशेष पूजा गर्दा वर्षभरि नै धन प्राप्ति होस् भन्ने भक्तको मनोकामना रहेको हुन्छ ।

लक्ष्मीको पूजा गर्दा सबैलाई धन प्राप्ति होस् भनेर ज्योतिषहरूले केही उपायहरू बताएका छन् । उनीहरूले दिएको उपायहरू यस प्रकार रहेको छ ।

– लक्ष्मी पूजाको दिन आफ्ना पितृहरूलाई पनि भोग अवश्य लगाउनुहोस् । लक्ष्मी पूजाको दिन औँसी पर्ने हुनाले यो तिथिमा पितृलाई भोग दिँदा पितृको आशीर्वाद प्राप्त गर्ने विशेष दिन मानिन्छ ।

– ज्योतिष मान्यता अनुसार लक्ष्मी पूजाको दिन महायन्त्र वा श्रीयन्त्र वा कुबेर यन्त्रलाई विधि पु¥याएर स्थापना गर्ने हो भने धन सम्पत्तिमा वृद्धि हुन्छ । यसरी स्थापना गरेको यन्त्रलाई नियमित रूपमा पूजा गरिरहनु पर्छ ।

– लक्ष्मी पूजाको दिन घर परिवारमा सुख समृद्धि प्राप्त गर्न काँचो कालो बेसारको पूजा गरेर त्यसमा सिन्दूर लगाएर रातो कपडामा बाँधेर चाँदीको सिक्काको साथमा धन राख्ने स्थानमा राख्नु पर्छ । यसो गर्नाले माता लक्ष्मीको कृपा परिरहन्छ भन्ने छ ।

– लक्ष्मी पूजाको दिन लक्ष्मीको पूजा गर्दा ११ वटा कौडालाई पहेँलो रङ्ग लगाएर लक्ष्मीसँगै पूजा गर्नुहोस् । पूजा गरेपछि उक्त कौडालाई पहेँलो कपडामा पोको पारेर आफूले मूल धन राख्ने गरेको स्थानमा लगेर राख्नु पर्छ । यसरी राख्दा धन लाभ हुन्छ भन्ने छ ।

– लक्ष्मी पूजाको दिन माता लक्ष्मी र गणेशको पूजा गर्दा श्रीयन्त्र र दक्षिण मुख भएको शङ्खलाई पनि साथै राखेर पूजा गर्दा लक्ष्मीको उक्त घरमा बास हुन्छ भन्ने मान्यता रहेको छ ।

– लक्ष्मी पूजाको दिन बिहान चनाको दाललाई भिजाएर राख्नुहोस् । उक्त भिजाएको दालमा दिउँसो सख्खर मिलाएर स-साना कन्याहरूलाई बाँड्नुहोस् । यसलाई मन्दिरमा लगेर दान दिन पनि सक्नु हुन्छ । यो कार्य गर्नाले माता लक्ष्मीको कृपा तपाईँहरू माथि परिरहन्छ भन्ने ज्योतिषी मान्यता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?