काठमाडौं । छक्का पञ्जाको सिरिज 'छक्का पञ्जा ३' को आजबाट छायांकन सुरु भएकोछ । निर्माण टिमले आज सुर्य विनायक मन्दिरमा पुजाआजा गर्दै सिनेमाको छायांकन सुरु गरिएको छ ।
दीपाश्री निरौलाको निर्देशनमा निर्माण हुने चलचित्रमा दिपकराज गिरी, दिपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, जयनन्द लामा, अनुराग कुवर, शिशिर राणा, शिशिर बाग्देल, शारदा गिरी, किरण केसी, शिवहरि पौडेल लगायतका कलाकारको साथमा नायिका प्रियंका कार्कीको बिषेश भुमिका रहने छ ।
योसँगै 'छक्का पञ्जा' तिनमा मंगलमबाट चर्चामा आएका नायक पुष्प खड्काको इन्ट्री भएको छ । पुष्प भन्छन मलाई सिनेमाको कथा एकदमै मन परेकाले यो सिनेमा गर्न लागेको हो । 'छक्का पञ्जा' सिरिजमा अन्य कलाकरको छायाँमा आफु नपर्ने भन्दै मैलै मंगलमबाट सवैलाई रुवाएको थिए यसमा हसाँउने छु ।
'छक्का पञ्जा' टिमसँग जोडिएकी नायिका दिपीका प्रसाई आफुलाई सिनेमाको कथा मन परेको भन्दै यो टिमसँग जोडिन पाउँदा आफुलाई भाग्यमानी भएको बताउँछिन् । आफुले एशवर्यमा भन्दा धेरै मेहनत गर्ने सुनाउँछिन् ।
यस्तै निर्माता लेखक तथा कलाकार दिपकराज गिरी आफुले कथा लेख्दा केहि कुरामा चित्त नबुझेकोले छायांकनमा जान केहिदिन लेट भएको सुनाउँछन । भन्छन कथाको माग अनुसार नै आफ्नो टिमले 'छक्का पञ्जा ३' मा दिपिकालाई लिएको बताउँछन् । 'छक्का पञ्जा' सिरिज प्रती दर्शकको छुट्टै लगाव रहेको भन्दै सिनेमा निर्माणमा कुनै पनि सम्झौता नगरिने बताउँछन् दिपक ।
निर्देशक दिपाश्री निरौला, आफुले मात्रै राम्रो सिनेमा निर्माण गर्न नसक्ने भन्दै सम्पुर्ण टिमको सहयोगले नै एउटा राम्रो सिनेमा बनाउँन सफल भएको बताउँछिन् । यसअघिका सिरिज भन्दा 'छक्का पञ्जा ३' लाई उत्कृष्ट बनाउँन चुनौती रहेको भन्दै आफ्नो टिम राम्रो भएकोले पनि सिनेमा राम्रो बन्नेमा विश्वास व्यक्त गरिन ।
'छक्का पञ्जा ३' मा पुरुपोत्तम प्रधानको छायांकन,रोशन श्रेष्ठको एक्सन, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, अर्जुन पोखरेल र दिपक शर्माको संगीत रहने छ भने सिनेमालाई विपिन मल्लले सम्पादन गर्नेछन् ।सिनेमा आमा सरस्वती मुभिज प्रालि र आई एम ई को प्रस्तुतीमा निर्माण हुनेछ भने जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेका छन् । सिनेमामा सुमन गिरी भान्जा, किरण केसी, शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपानेको लगानी सिनेमामा रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया